शिशुसहित थप ५२ जनामा कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्जमा आज गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको उक्त अस्पतालका डाक्टर अतुलेश कुमार चौरसिया अनुसार संक्रमितहरु ४ महिनाको शिशुदेखि ६८ वर्ष उमेरकासम्म छन् । संक्रमितहुनेमा पर्सा, बारा र सर्लाहीका हुन् ।