कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक आज बस्दै
काठमाडाैँ। कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभाको हिजाे बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो ।
बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा आज (शुक्रबार)११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ ।
कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ । यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि सभा १ः५० मा प्रारम्भ भएको थियो ।
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
प्रतिक्रिया