प्रदेश नं १ पुनः नामांकन: संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच आज वार्ता हुदैँ
काठमाडौँ। कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ ।सरकारले प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच आज बिहान विग होटलमा वार्ता हुन लागेको हो ।
वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान पहिचान पक्षधरसँग औपचारिक वार्ता गर्न लागिएको जानकारी दिए ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् । उनीहरु विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन् ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं। १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित चरणबद्ध रुपमा आन्दोलनमा छन् ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
प्रतिक्रिया