कोसी अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि ओपीडी सेवा दुई दिनका लागि बन्द

मोरङ - कोसी अस्पतालका तीन जना कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि ओपीडी प्रयोगशाला बन्द गरिएको छ ।

कोसी अस्पतालका ओपीडी ल्याब र पीसीआर ल्याबका अस्पतालमा मंगलवार र बुधवार आएको रिपोर्टमा ओपीडी र पीसीआर ल्याबका एक एक जना र ओपीडी ल्याबकै कार्यालय सहयोगी एक जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले जानकारी दिए । प्रवक्ता यादवका अनुसार बिहीवारदेखि बन्द रहेको ओपीडी ल्याब आइतवारबाट पुनः सञ्चालनमा आउने छ ।