कोशीको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट
काठमाडौँ। कोशी प्रदेश सरकारले चालू दोश्रो तथा बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
बजेट अधिवेशन अन्त्य गरेको सरकारले अब अध्यादेशबाट बजेट ल्याउनेछ ।बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पास नहुने अवस्था देखिएपछि सरकारले नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
प्रतिक्रिया