करेन्ट लागेर ३ बालबालिकाको मृत्यु

दाङ - घोराही उपमहानगरपालिका-१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कुलोमा करेन्ट लागेर ३ जना बालबालिकाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन् ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा करेन्ट लाग्दा ती बालबालिकाको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।