माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको माओवादीले आज एमालेका हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने भएको हो।
सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय लिन माओवादी संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।
केन्द्रले सरकार छाड्न र समर्थन पनि फिर्ता लिन निर्देशन दिएपछि माओवादीले सरकार छाड्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको हो । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
प्रतिक्रिया