सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ - बेनिघाट रोराङ गाउँपालिका-१० तारपुलस्थित सडकमा ना.६ ख ३४६४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा गण्डकी गाउँपालिका-६ कौदी खोला बस्ने १२ वर्षीय परबचन प्रजाको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट - चन्द्रपुर नगरपालिका-१० बक्तौरामा ना.५ ख ६७६५ नम्बरको ट्रकले किच्दा सोही ठाउँ बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साहको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।