अवैध लागूऔषध सहित तीन जना पक्राउ

सप्तरी - डाक्नेश्वरी नगरपालिका-७ ब्रहमपुरबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ४ बोतल र ८ वटा नाईट्रोभेट ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३२ बर्षीय सन्तोष मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहबाट खटिएको प्रहरीले घर तलासी गर्दा जमिनमुनी खाल्डो खनेर राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी मण्डललाई पक्राउ गरेको हो ।

तनहुँ - आबुखैरेनी गाउँपालिका-४ पुलजितस्थित सडकबाट अन्दाजी ४ केजी लागूऔषध गाँजा सहित कास्की लेखनाथ नगरपालिका-२ बस्ने २८ बर्षीय सुमन सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजितबाट खटिएको प्रहरीले ग.४ प ७०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनारलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा - बिर्तामोड नगरपालिका-३ बाट २२ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित अर्जुनधारा नगरपालिका-३ घर भएका ३० वर्षीय गोपाल गौतमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-३ स्थित गौतमको गोपाल एग्रोभेट्स पसल तलासी गर्ने क्रममा कोजोल बोलस नामक औषधिको बट्टामा लुकाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।