धनुषामा नलकटुवा बन्दुक सहित पक्राउ

धनुषा - जनकपुर उपमहानगरपालिका-७ मुसहरी टोलबाट १ थान नलकटुवा बन्दुक र सो को १ राउण्ड गोलीसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२५ लोहना बस्ने २१ वर्षीय अजयराज कश्यप र २४ वर्षीय सुनिल कुमार मण्डल रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००३ प ७३७७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार कश्यपको झोलाभित्र उक्त बन्दुक र गोली फेला परेपछि मोटरसाइकलका चालक मण्डल समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।