मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा - कलैया उपमहानगरपालिका-२ अवधापुरमा बा.९७ प ४५७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-३ बैनाथपुर बस्ने २५ वर्षीय विनोद कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।