जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कास्की - ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपलिका-७ शान्तिनगर ठेगाना भएका ३७ बर्षीय बामदेव सुवेदीलाई  प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा जबरजस्ती करणी गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पोखरा महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।

सप्तरी - १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बोदेवर्साइन नगरपालिका-३ गौरा बस्ने सिरहा भगवानपुर गाउँपालिका-१ भगवानपुर घर भएका १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रुपन्देही - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा चर्वारी-६ हडसरी बस्ने १९ वर्षीय इसरार पठानलाई मंगलबर साँझ प्रहरीले पक्राउ गरेको छ ।

खेतमा घाँस काट्ने क्रममा ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।