एकनाले भरुवा बन्दुक सहित पक्राउ

दार्चुला - नौगाड गाउँपालिका-४ अपी नम्पा संरक्षण क्षेत्रभित्र पर्ने जिब्लधाम वनबाट लाइसेन्स नभएको १ थान एकनाले भरुवा बन्दुक सहित सोही गाउँपालिका मल्लमट्टे बस्ने ३५ वर्षीय बिक्रम सिंह धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिप्टीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।