प्रतिबन्धित औषधि बरामद

बारा -बिश्रामपुर गाउँपालिका-१ खेखरिया टोलबाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रतिबन्धित औषधिहरु सोमबार राति प्रहरीले बरामद गरेको छ ।

भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई सोही ठाउँ बस्ने धर्मेन्द्र कुशवाहको घरमा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी छतवाबाट ख टिएको प्रहरीले उक्त औषधि बरामद गरेको हो ।

औषधी ल्याउने व्यक्ति हाल फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।