वीरगञ्जको नारायणी अस्पतालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जको नारायणी अस्पतालमा सोमबार ५ सय ८० वटा स्वाब नमुनाकाे पीसीआर परीक्षण गर्दा २९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्साका १३ जना, बाराका ९ जना र रौतहटका ७ जना रहेका छन् ।

संक्रमितहरु १९ देखि ६० वर्ष उमेर समूहका रहेकाे र संक्रमितमध्ये ८ जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।