विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना भाइरसबाट आज थप कोरोना संक्रमित दुई जना महिलाको मृत्यु भएको छ ।

एक जना महिलाको विराटनगरस्थित कोशी अस्पतालमा मृत्युभएका छ भने एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ कोशी अस्पतालमा मृत्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा लक्ष्मीनारायण यादवले जानकारी दिए ।

शुक्रबार साँझ कोशी अस्पतालमा मृत्युभएका महिलाको विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया उनलाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो ।

त्यस्तै मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला हुन् । उनको शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

प्रादेशिक ल्याब विराटनगरमा परीक्षण गर्दा भदौ १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उनलाई श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या देखिएको डा सापकोटाले बताए ।

उपचार थालिएकी उनको शुक्रबार साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजकसमेत रहेका डा यादवले बताए ।