मिर्चैयाबाट नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ

लाहान-मिर्चैया नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

सिरहा प्रहरीले नगरपालिकाको वडा नम्बर ५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित शुक्रबार राति पक्राउ गरेकाे हो ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डल र सोधपुछ गर्दा मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साह रहेका छन् ।

को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार उनिहरुकाे साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिएका छन् ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।