सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सिरहा- सिरहा नगरपालिका -११ भलुवाहीस्थित सडकमा स ४ प ४६१० र स ४ प ७९२१ नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई  दुवै मोटरसाइकलका चालकहरूको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा स ४ प ४६१० नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका ९ गुलरीया बस्ने ३५ वर्षीय सिल्टु ठाकुर र अर्का मोटरसाइकल चालक धनगढीमाई नगरपालिका १० बस्ने ५१ वर्षीय दिपक कुमार पंजियार रहेका छन् ।

ठाकुरको उपचारको लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै र पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै ठाकुरको मोटरसाइकलमा सवार गुलरीया बस्ने जितेन्द्र महरा भन्ने ३५ वर्षीय शिव कुमार महराको भूमिजा अस्पताल लहानमा उपचार भईरहेको मुकेश यादवले बताए । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार एवं थप अनुसन्धान गरिरहेको छ ।