कोरोना संक्रमित महिलाद्वारा आत्महत्या

काठमाडौं – कोरोना संक्रमित महिलाले आत्महत्या गरेकी छन् ।

महोत्तरीस्थित एक काेराेना संक्रमित महिलाले आत्महत्या गरेकी हुन् ।

ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै सामाजिक रुपमा बहिस्कृत व्यबहार गरिने हुना काेराेना संक्रमितले आत्महत्या गर्ने गरेकाे जानकारहरु बताउछन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित ३ गौरीडाँडा बस्ने वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाईएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।