बर्दिबासको एकै ठाउँमा तेस्रोपटक बिरूवा रोपण

बर्दिबास चोकबाट बरगाछी टोल राधाकृष्ण मन्दिर हुँदै चिहान डाँडा दुर्गा मन्दिर जाने बाटोको दुबैतिर गमलामा कल्की फुलहरू लगाइएको छ।

समय समयमा उत्श्रृंखल मानिसहरूले उखेल्ने, फाल्ने र गमला नै नालामा लडाइँ दिने गरेर दु:ख दिएको कुरा समितिका सकृय सदस्य श्रवण कुमार पाटामगरले वर्णन मिडियालाई जानकारी दिए।

पहिलो पल्ट बिरुवा रोप्दा निकै उत्साहित थियौं, जसको घर अगाडि रोपिएको छ उहाँहरूलाई नै रेखदेखको लागि अनुरोध समेत गर्‍यौ ।

केही समय नबित्दै सरक्षण गर्नेहरूको प्रयास विफल बनाउदै रातको समयमा लागुपदार्थ, मादक पदार्थ सेवन गरी केही युवाहरूले तोडफोड गरेका थिए । तोडफोड गर्ने युवाहरुलाइनै रोप्न  लगाइएको जानकारी समितिका अर्का सदस्य तिलक तमाङले दिएका छन् ।

बिचमा फेरि एकपटकमा समितिले आफ्नै लगानीमा करिब ४५ ओटा जति उजाड पारिएका गमलामा नयाँ बिरुवा रोपेको छ ।

तर फेरि उखालिएको, भाचिदिएको, घर बनाउदा घरबेटीले अलि बिचार नपुर्‍याएको कारण करिब ४० ओटा जति गमला जिर्ण अबस्थामा रहेका छन् ।

जिर्ण गमलाकाे फोटो स्थानीय युवा मदन सुन्दासले सामाजिक सन्जालमा राखेपछि लकडाउनमै पनि समिति फेरि एकपटक सकृय भएर पुर्न गमलामा फुल लगाइएकाे हाे ।

यसपटककाे बिरूवा भने सामाजिक सन्जालमा पोस्ट गर्ने ब्यक्तिले नै समितिलाई सहयोग गरेका हुन् ।

समितिका पूर्व उपाध्यक्ष शान्ता श्रेष्ठले समाजमा नराम्रो काम गर्ने मात्रै होइन मदन सुन्दासजस्तो युवाहरूलाई पनि भेटिने रहेछ भनी खुसी व्यक्त गरेकी छन् ।