अवैध लागूऔषध सहित पक्राउ  

कास्की- पोखरा महानगरपालिका-११ तुलसीमार्ग बस्ने २७ वर्षीय बिशाल घमाल बिकलाई अवैध लागूऔषध करिब ३ केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेश र नियन्त्रित लागूऔषध ३ सय ट्यावलेट टामासहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  

धनुषा- कमला नगरपालिका-२ माची बस्ने २० वर्षीय गोविन्द मण्डललाई ९ सय ट्याबलेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विदेह नगरपालिका-१ महिनाथपुरस्थित सडकमा ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठडीझिंजाबाट खटिएको प्रहरीले भारतबाट पैदल लुकीछिपी आईरहेका मण्डललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

कैलाली- टिकापुर नगरपालिका-७ दैजी बस्ने १८ वर्षीय किशोरलाई १ सय ४८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सोही स्थानस्थित सडकमा पैदल हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा बुढालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।