कारोना संक्रमणबाट एकजनाको मृत्यु, अस्पताल भर्ना भएका केहिबेरमा निधन

काठमाडौं - विराटनगरस्थित कोशी अस्पतालमा एकजना ६५ वर्षीय पुरुष कारोना संक्रमणबाट मृत्यु भएको छ ।

कोशी अस्पतालमा उपचार गराउँन भर्ना भएका उनको केहिबेरमा निधन भएको थियो।

मृतक पुरुषले भदौ ४ गते परीक्षण गरेका थिए । उनको रिपोर्ट आइतबार दिउँसो ३ बजे आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको केहिबेरमा निधन भएको थियो।