देशभर सामान्य वर्षा हुने

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागले देश बासीलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मौसम बदली रही दिउँसो पनि देशभर सामान्यतया बदली र केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

त्यसैगरी राती पनि देशभर सामान्यतया बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको अनुसार आज देशका केही स्थानमा भारी वर्षा हुने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको छ ।