तेह्रथुममा एक साता निषेधाज्ञा
तेह्रथुममा एकै दिन ९ जनामा कोरोना संक्रमित पुष्टि भएपछि पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन्।
तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ जना व्यक्तिमा संक्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल किहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ।
प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ।
स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये नौ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। उनीहरुमध्ये तीन महिला छन्।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया