देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं - शनिबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको विवरण अनुसार आज बिहानैदेखि विभिन्न जिल्लाहरुमा हल्कादेखि सामान्य वर्षा र केही स्थानमा बाढी पहिरोको पनि सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्ले गरेको छ ।

यसैगरी, राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।