ब्राजिलमा दुई हेलिकोप्टर आकाशमा ठोक्किँदा ६ जनाको मृत्यु
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा दुईवटा हेलिकोप्टर आकाशमा एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।
आइतबार बिहान दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एउटा इलेक्ट्रिक गाडी डिलरसिपको पार्किङमा खसेका थिए । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दमकल विभागका अनुसार, ठक्करपछि हेलिकोप्टरहरूमा आगो लागेको थियो । हेलिकोप्टरबाट पार्किङमा राखिएका गाडीहरूमा आगो फैलिएको थियो । २० वटा गाडीहरू जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई बुझाइएको यात्रुहरूको सूचीमा अमेरिकी गायक तथा कमेडियन ओलीभर ट्रि को नाम पनि समावेश थियो । तर, दुर्घटनामा ज्यान गुमाउनेहरूको शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।
ट्रीले जुन ४ मा अर्जेन्टिनामा आफ्नो प्रस्तुति दिएका थिए । शनिबार मात्र उनले इन्सटाग्राममा एउटा भिडियो पोस्ट गरेका थिए, जसमा उनी ब्राजिलको एउटा बस्तीमा फुटबल खेलिरहेका देखिएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, एउटा हेलिकोप्टर भुइँमा खस्नेबित्तिकै विस्फोट भएको थियो, जसका कारण आसपासमा पार्क गरिएका इलेक्ट्रिक गाडीहरूमा पनि आगो सल्किएको थियो ।
दमकल र उद्धार टोलीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । अधिकारीहरूका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै दुवै हेलिकोप्टरका चालक दलका सदस्य थिए ।
आकाशमा दुई हेलिकोप्टर कसरी ठोक्किए भन्ने हालसम्म स्पष्ट हुन सकेको छैन । घटनाको अनुसन्धान सुरु भइसकेको छ ।
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
पहिलो हाफसम्म स्विडेन २, ट्युनिसिया १
लुम्बिनी प्रदेश सरकारको बजेट आज
ब्राजिलमा बन्जी जम्पिङका गर्दा डोरी बाध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी य…
अमेरिका र इरानबिच भयो युद्ध अन्त्य गर्ने सम्झौता
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
प्रतिक्रिया