रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
‘अहिले हामी विपक्षी दल सभामुखसँगको छलफलमा छौँ’, महरले भने, ‘रास्वपा सभापतिसँगको छलफलमा सहमति जुट्न सकेन ।’
यसअघि गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबिच करिब २ घण्टा बढी छलफल भएको थियो । लामिछानेसँगको छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए । तर, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीका तर्फबाट भन्दा पनि परराष्ट्रमन्त्रीले आफ्नै तरिकाले जवाफ दिने बताएका थिए ।
त्यसमा विपक्षीहरू सहमत हुन सकेका छैनन् । जसका कारण आज ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी २ सम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । २ बजेको बैठक पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ
सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली
स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम
लागुऔषधसहित १६ जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
प्रतिक्रिया