पदमा बढीमा तीन वर्ष मात्रै बस्ने: नवप्रवर्तन मन्त्री पुन
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसंगै मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पुनले विज्ञान प्रविधिको काम सुस्त गतिमा नहुँने भएकोले, रातदिन काम गरेर अगाडि बढनुपर्ने बताए । साथै उनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । सरकार पाँच वर्षको भए पनि आफु भने बढीमा तीन वर्ष मात्रै बस्ने बताए ।
आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । मन्त्री पुनका अनुसार सबै मन्त्रालयको आआफ्नो नियम बनाइसकेकोले आफनो मन्त्रालय नयाँ भएकोले शून्यबाट सुरु गर्नुपर्ने बताए ।
समूह 'एफ'मा सधैँको दाबेदार नेदरल्यान्ड्स, झड्का दिन माहिर अरू टोली
प्रतिनिधिसभा बैठक सूचना टाँसेर सारियो
नेपाल घुम्ने पर्यटकको दोब्बर रकम खर्चिन्छन् विदेश जाने नेपाली
बालेन सरकारका मन्त्री : दीपकमाथि डन्डा, सुधनलाई पुरस्कार, केही त्रासमा !
पैँतिस करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग
सदनको अवरोध खुलाउन विपक्षीसँग छलफलमा रवि
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
प्रतिक्रिया