सिंहदरबारमै बस्न थाले महावीर पुन, मन्त्री निवास छाडेर कार्यालयमै सारे सामान
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले आजदेखि सिंहदरबारमै बस्ने गरी आफ्नो आवश्यक सामान सारेका छन्।
मन्त्री पुनले सरकारी कामलाई थप प्रभावकारी, चुस्त र परिणाममुखी बनाउन कार्यालय नजिकै रहने निर्णय गरेको बताइएको छ। सिंहदरबारमै बस्ने व्यवस्थासँगै मन्त्रालयका कामकारबाहीमा थप समय दिन र सेवाग्राहीका समस्यामा छिटो प्रतिक्रिया दिन सहज हुने अपेक्षा गरिएको छ।
उनको यो कदम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। कतिपयले यसलाई सादगी र कार्यसम्पादनप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा व्याख्या गरेका छन् भने केहीले यसको व्यावहारिक पक्षबारे प्रश्न समेत उठाएका छन्।
महावीर पुनको यो निर्णयले सरकारी कार्यशैली र सार्वजनिक सेवामा नयाँ बहसको सुरुवात गराएको छ।
२३ दिनका लागि ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ
पदमा बढीमा तीन वर्ष मात्रै बस्ने: नवप्रवर्तन मन्त्री पुन
२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी
पाँच मत खसेपछि रोकियो रास्वपा वाग्मतीको चुनाव
संसद् अवरोध अन्त्य गर्न रवि लामिछानेको पहल असफल, सर्वदलीय बैठक निष्कर्षविहीन
सुनको मूल्यमा पहिरो, चाँदीको भाउ पनि उच्च गिरावट
प्रतिक्रिया