पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
खेल संस्कृतिको विकास तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले पोखरामा यही जेठ ३० देखि असार ५ गतेसम्म ‘खेल सप्ताह’ आयोजना हुने भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित ‘खेल सप्ताह’ गर्न लागेको हो । कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा ‘ग्रासरुट’ तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम हुनेछ ।
महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ‘खेल सप्ताह’मा कुल सात वटा खेल समावेश गरिएको बताउनुभयो । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ‘ग्रासरुट’ तहका प्रतियोगिता रहनेछन् । राष्ट्रिय स्तरमा मुवाथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराते, टेबलटेनिसलगायत खेल ‘ग्रासरुट’ तहमा सञ्चालन गरिनेछन् ।
अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो । यसले खेलकुदमा नयाँ प्रतिभाले स्थान पाउनेछन् भने खेल संस्कृति विकास हुनेछ ।”
समितिले खेल सप्ताहको तयारीका काम अघि बढाएको छ । सदस्यसचिव सुरज अधिकारीका अनुसार खेल सप्ताहका अवसरमा ‘मार्सल आर्ट फेस्टिभल’सहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछन् ।
समितिका सदस्यसचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो ।
“खेल सप्ताहले विविध खेल विधालाई प्रवद्र्धन गर्नाका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नेछ । राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा लिएका छौैँ”, अधिकारीले भन्नुभयो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
बीवाईडीका गाडी नियमित प्रक्रियाबाटै भित्रिएका हुन्, करदरको सूचना चुहिएको छैन…
‘प्रधानमन्त्री त तपाईं बन्नुपर्ने’ भन्दा जब मुस्कुराए रवि
विद्युतीय गाडी आयात विवादमा अर्थ मन्त्रालयको तथ्यसहितको जवाफ
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
अस्ट्रेलियन डलरको मूल्यमा निरन्तर गिरावट, युरो, पाउन्ड र दिनार पनि सस्तिए
प्रतिक्रिया