रास्वपा खोटाङको सभापतिमा थापा
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् ।
रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएका छन् भने जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा प्रकाश अधिकारी, केशरबहादुर श्रेष्ठ र चन्द्रबहादुर परियार निर्वाचित हुनुभएको छ । एघार सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन महिला सदस्य चयन गर्ने बताइएको छ ।
त्यसअघि प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ज्ञवालीले गरेकी थिइन् । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय सदस्य ज्ञवालीले पद तथा गोपनीयताको शपथग्रहण गराइन् ।
रविले बोलाएको सर्वदलीय बैठकले संसद्को गतिरोधमा जुटाउला सहमति ?
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
NEET UG पुनर्परीक्षासँग सम्बन्धित 'पेपर चुहावट' को दाबीको जवाफ NTA ले दियो
अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भन…
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
प्रतिक्रिया