ककरोच पार्टीले मोदीलाई दियो सात दिनको अल्टिमेटम
भारतको ककरोच जनता पार्टी (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट राजीनामा दिन सात दिनको अल्टिमेटम दिएको छ।
शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्दै सो पार्टीका प्रवक्ता आशुतोष रांकाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिक्षामन्त्री बर्खास्त गर्न माग गरेका हुन्। अन्यथा ७ दिनपछि फेरि विरोध गरिने चेतावनी दिएका छन्।
विरोध प्रदर्शनपछि ककरोच पार्टीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा प्रवक्ता रांकाले भनेका छन्, ‘आज (शनिबार) को दिन केवल विरोध प्रदर्शन थियो भन्ने सोच्नेहरूलाई हामी भन्न चाहन्छौँ- यो केवल एउटा ट्रेलर हो। हामी यो सरकारलाई सात दिनको समय दिइरहेका छौँ। यदि (शिक्षामन्त्री) धर्मेन्द्र प्रधान देशको लोकतन्त्रप्रति अलिकति पनि जिम्मेवार छन् भने उनले सात दिनभित्र राजीनामा दिनुपर्छ, नत्र प्रधानमन्त्री मोदीले उनलाई बर्खास्त गर्नुपर्छ। अन्यथा हामी फेरि विरोध गर्नेछौँ।’
रास्वपा सुनसरी सभापतिमा दाहाल
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
ग्वाङ्झाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘Most Charming Tourism Destina…
ओमानविरुद्ध बलिङ गर्दै नेपाल
इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
प्रतिक्रिया