राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने हर्क साम्पाङको धोको
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अभिनेता राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने धोको रहेको बताएका छन्।
साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत हमाललाई आफ्नो पार्टीमा आबद्ध गराउने इच्छा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, ‘महानायक राजेश हमालज्यूलाई श्रम संस्कृतिमा ल्याउने धोको छ। जय श्रम। जय संस्कृति। जय माटो। जय देश।’
हिजो (शुक्रबार) मात्र हमालले नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिविरुद्ध कडा टिप्पणी गरेका थिए।
माओवादी पृष्ठभूमिका नेता सुदन किरातीको समूहलाई श्रम संस्कृतिमा समाहित गरिसकेका साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेका छन्।
यसका लागि उनले निम्तोसमेत पठाइसकेको बताएका छन्। तर यस विषयमा घिसिङले भने अहिलेसम्म सार्वजनिक टिप्पणी गरेका छैनन्।
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः रवि लामिछाने
इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो
समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
घरेलु हिंसा र न्यायप्रति प्रश्न: एलिना चौहानको भावुक अपिल, उजुरी बेवास्ता भएक…
प्रतिक्रिया