फिफा भन्छ ,’एकपटक प्रयोग गर्न मिल्ने पानीको बोतल लान मिल्छ’
काठमाडाैं। विश्वकपका खेलहरू सुरु हुने समय नजिकिँदै गर्दा फिफाले परिवर्तन गरेको नियमप्रति तीब्र असन्तुष्टि सिर्जना भएपछि फिफाले पानीको बोतल सम्बन्धिको नियम परिवर्तन गरेको छ।
उसले रंगशालाभित्र दर्शकहरूले सिलबन्दी गरिएको एकपटक प्रयोग हुने पानीको बोतल लैजान पाउने निर्णय गरेको हो। पुनःप्रयोग गर्न मिल्ने बोतलहरू प्रतिबन्ध लगाउने फिफाको निर्णयको व्यापक आलोचना भएपछि यो स्पष्टिकरण आएको हो।
सुरक्षा चिन्तालाई कारण देखाउँदै फिफाले यसअघि बोतल, कप, जार र क्यानहरू लैजान नपाइने गरी अन्तिम समयमा नियम परिवर्तन गरेको थियो। तर अहिले फिफाले स्पष्ट पार्दै प्रतिबन्ध केवल कडा संरचनाका पुनःप्रयोग गर्न मिल्ने पानीका बोतलहरूमा मात्र लागू हुने जनाएको छ।
विश्वकप २०२६ का प्रमुख सञ्चालन अधिकृत हाइमो शिर्गीले भने, ‘प्रत्येक दर्शकले २० औंस (५६० मिलिलिटर) क्षमताको नरम प्लास्टिकबाट बनेको, कारखानामै सिल गरिएको एउटा पानीको बोतल रंगशालाभित्र लैजान सक्नेछन्।’
उनले थपे,’तर कडा संरचनाका, फेरि बन्द गर्न मिल्ने पानीका कन्टेनरहरू लैजान पाइने छैन, किनकि तिनले सुरक्षा जोखिम निम्त्याउन सक्छन्।’ यसअघि जारी गरिएको आधिकारिक रंगशाला आचारसंहिताका बारेमा स्पष्ट पार्दै भने ‘एक लिटरसम्म क्षमता भएका खाली, पारदर्शी तथा पुनः प्रयोग गर्न मिल्ने प्लास्टिकका बोतलहरू रंगशालाभित्र लैजान सकिनेछ।’
प्रतियोगिता सुरु हुनुभन्दा सात दिनअघि, जुन ११ मा उद्घाटन खेल हुनुअघि, फिफाले उक्त नीति उल्ट्याउँदै दर्शकहरूले बोतल फ्याँकेर चोटपटक लाग्ने जोखिम कम गर्न यस्तो निर्णय गरिएको जनाएको थियो।
दर्शकहरूले रंगशालाभित्रै पानी खरिद गर्न सक्ने र फिफाले पानीको मूल्य सामान्य खेलस्थलमा लाग्ने दरभन्दा बढी नहुने प्रतिबद्धता जनाएको छ। यद्यपि, तापक्रम तथा गर्मीसम्बन्धी स्वास्थ्य विज्ञहरूले यो प्रतिबन्धको आलोचना गरेका छन्।
यसअघि कतारमा भएको पछिल्लो विश्वकपका क्रममा पनि दर्शकहरूलाई पानीका बोतलहरू रंगशालाभित्र लैजान अनुमति दिइएको थिएन।
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
मध्यपूर्वको तनावबीच टर्किएमा मुद्रास्फीति ३२.६१ प्रतिशत पुग्यो
सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
बालेन सरकारको ठूलो ‘क्लिनअप’ तयारी: ३ मन्त्री र ५ सचिव हटाउने संकेत, कार्यसम्…
कांग्रेस मिलाउन दुवै पक्षका प्रस्ताव टेबल, गगन लचक हुँदा विश्वको ‘अलमल’
मानव अधिकार उल्लंघनका घटनामा सरकार पूर्वाग्रही नबनोस् : सभापति थापा
प्रतिक्रिया