एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता : फाइनल पुग्न नेपालले ओमानसँग भिड्ने
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको नेपालले उपाधिका लागि सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’को उपविजेता ओमानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा नेपालले ओमानसँग आइतबार बिहान ७ः१५ बजे सिंगापुरमा प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणका दुवै खेलमा विजयी भएको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता मलेसियाले प्रतिस्पर्धा गर्दैछन् ।
दोस्रो सेमिफाइनल आइतबार दिउँसो १२ः१५ बजे सिंगापुरमा हुनेछ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेको हो ।
पहिलो जितसँगै एसियन गेम्समा स्थान बनाइ सकेको नेपाल छनोटको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
समूह ‘ए’बाट नेपाल र मलेसिया एसियन गेम्समा छनोट भएका छन् भने समूह ‘बी’बाट ओमान र हङकङ छनोट भइसकेका छन् ।
छनोट प्रतियोगिताबाट समूह ‘ए’का चीन र कतारसँगै समूह ‘बी’बाट बहराइन र सिंगापुर बाहिरिएका छन् ।
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
मध्यपूर्वको तनावबीच टर्किएमा मुद्रास्फीति ३२.६१ प्रतिशत पुग्यो
सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
बालेन सरकारको ठूलो ‘क्लिनअप’ तयारी: ३ मन्त्री र ५ सचिव हटाउने संकेत, कार्यसम्…
कांग्रेस मिलाउन दुवै पक्षका प्रस्ताव टेबल, गगन लचक हुँदा विश्वको ‘अलमल’
प्रतिक्रिया