समर्थकहरूलाई ककरोच पार्टीले भन्यो- दिपकेको स्वागतमा विमानस्थलमा भेला नहुनू
काठमाडौं । ककरोच जनता पार्टी (सीजीपी) ले समर्थकहरूलाई पार्टीका संस्थापक अभिजित दिपकेको स्वागतमा विमानस्थलमा लागि भेला नहुन आग्रह गरेको छ ।
दिपके यही जुन ६ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । सोही दिन सो पार्टीले दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
एक परीक्षामा प्रश्नपत्र 'लिक' भएको विवादलाई लिएर सीजीपीले जुन ६ मा दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका लागि अमेरिकामा रहेका दिपके भारतका लागि प्रस्थान गरिसकेका छन् । ठूलो संख्यामा मानिसहरू भेला हुँदा विमानस्थलको कार्यसञ्चालनमा अवरोध पुग्न सक्ने भएकाले यस्तो आग्रह गरिएको सीजीपेले जनाएको छ ।
दिपकेले विमानस्थलबाट सिधै पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेसन पुगेर जुन ६ मा जन्तरमन्तरमा हुने प्रदर्शनका लागि व्यक्तिगत रूपमा अनुमति माग्ने योजना रहेको बताएका छन् । प्रदर्शनका लागि प्रहरीले अनुमति दिन्छ वा दिँदैन भन्ने विषय अझै अनिश्चित छ ।
यस्तो छ आज विदेशी मुद्राको भाउ
कुटपिटको आरोपपछि पीडितको गुनासो: उजुरी लिएन प्रहरीले, छोरामाथि पनि खतरा र…
बालेन सरकारको ठूलो ‘क्लिनअप’ तयारी: ३ मन्त्री र ५ सचिव हटाउने संकेत, कार्यसम्…
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ, १० दिनपछि मुख्य आरोपित सार्वज…
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
महिलालाई विदेश पठाएको आरोप: काठमाडौँबाट पक्राउ परे ६ जना
यी हुन् आठ विश्वविद्यालयमा उपकुलपति पदमा ‘सर्टलिस्ट’मा भएका आवेदकहरू
प्रतिक्रिया