रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको चार वर्ष भन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ । जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुलापत्र लेख्नुभएको छ ।
पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर ‘पर्खेर मात्रै बस्नु गलत’ हुने उल्लेख छ । युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ । प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनुभएको थियो । रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ ।
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्…
६ दिनदेखि बेपत्ता दावा हिउँमा घिसिंदै थिए, हृयाम्स अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरीद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम अभ्यास
प्रतिक्रिया