चिनियाँ सहयोगमा पुस्तकालय स्थापना
दोलखाको गौरीशङ्कर माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका साथै चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चीनको विकास तथा नेपाल–चीन सम्बन्धबारे जानकारी लिन चाहनेहरूका निम्ति उपयोगी हुने ठानिएको नवस्थापित पुस्तकालयमा चिनियाँ संस्कृतिसम्बन्धी सामग्री तथा चिनियाँ विषयवस्तु समेटिएका नेपाली भाषाका पुस्तक राखिएका छन् ।
अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा बिहीबार चीन ग्रामीण विकास प्रतिष्ठान, काठमाडौँस्थित चिनियाँ सांस्कृतिक केन्द्र र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसन (पावर चाइना) को संयुक्त आयोजनामा भएको हो ।
त्यस अवसरमा पावर चाइनाको सहयोगमा विद्यालयमा पुस्तकालय निर्माण तथा स्टेसनरी सामग्री उपलब्ध गराइएको थियो । त्यसैगरी केन्द्रले चिनियाँ संस्कृति झल्किने चित्रहरू तथा चिनियाँ पर्यटकीय सहरका तस्बिरहरू प्रदर्शन गरेको छ भने चीन ग्रामीण विकास प्रतिष्ठानले विद्यार्थीहरूका लागि खेलकुद सामग्री वितरण गरेको थियो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका काउन्सिलर झु फेङ, चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झानपिङ, चीन ग्रामीण विकास प्रतिष्ठानको नेपाल कार्यालयका देशीय निर्देशक झोउ झिचियाङ तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो ।
पोखरा बसपार्कमा अदालतको अवरोधपछि मेयर आचार्यको चेतावनी
दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
विश्व वातावरण दिवसका अवसरमा विष्णुमती नदी किनारस्थित लखतीर्थमा वृक्षरोपण
युवा तान्न एमालेले चलाउने भयो 'देशैभरि छोराछोरी' अभियान
सम्पर्कमा नआउने तर तलब पड्काउने निजामती कर्मचारीको दिउँसै टर्च बालेर खोजी!
हर्कले ट्राफिक नियम पालना नगरेको भन्दै दुर्घटना, छानबिन सुरु
बालेन सरकारको प्रशासनमा ‘सर्जिकल स्ट्राइक’: मन्त्रालय पुनर्संरचना, कर्मचारी दरबन्…
प्रतिक्रिया