हिजबुल्लाहले भन्यो- इजरायल र लेबनानबीचको युद्धविराम मान्दैनौं
लेबनानको सशस्त्र समूह हिजबुल्लाहले हालै इजरायल र लेबनान सरकारबीच भएको युद्धविराम सम्झौता नमान्ने घोषणा गरेको छ । अमेरिकाको मध्यस्थकर्तामा भएको युद्धविराम सम्झौताका सर्त पूर्ण रूपमा इन्कार गर्दै त्यसलाई नमान्ने घोषणा गरेको हो ।
हिजबुल्लाहका नेता नइम कासिमले बिहीबार एक वक्तव्यमा दुई देशबीच भएको युद्धविराम सम्झौताबारे भएको वार्ता ‘बेकार’ रहेको बताउँदै त्यो लेबनानका लागि ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।
उनले लेबनानका बहुसंख्यक जनताले उक्त सम्झौता स्वीकार नगर्ने पनि दाबी गरेका छन् ।
अमेरिका, इजरायल र लेबनानले बुधबार मात्रै संयुक्त वक्तव्य जारी गरेर युद्धविराम सम्झौता भएको घोषणा गरेका थिए । उक्त घोषणामा हिजबुल्लाहले गोलीबारी बन्द गरेपछि मात्रै युद्धविराम लागु हुने भनिएको थियो ।

कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया