इरानसँग युद्धविराम अन्त्य गर्ने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमे इरानसँग कायम रहेको युद्धविराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने संकेत गरेका छन् । सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मेवार ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन् ।
अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले यस क्षेत्रका ‘हिंसात्मक झडप’ र लगातार बढ्दो तनावका बाबजुद हवाई आक्रमणमा लागु गरिएको ‘हप्तौँ लामो विराम’ हाल कायम रहेको पुष्टि गरेका छन् । यसले तत्काल ठूलो स्तरको सैन्य कारबाहीतर्फ नजान चाहने तर परिस्थिति अनुसार निर्णय परिवर्तन हुन सक्ने संकेत दिएको बताइएको छ ।
समाचार स्रोतहरूका अनुसार राष्ट्रपतिको यो अडानले इरानसँग प्रत्यक्ष ठूलो सैन्य द्वन्द्वमा पुनः प्रवेश गर्न अनिच्छा देखाए पनि साना स्तरका भड्काउ घटनाहरू केही समय सहन सकिने नीति अपनाउन सकिने संकेत गरेको छ । यसले पश्चिम एसियामा ठूलो युद्धको जोखिम कम गर्नेतर्फ वासिङ्टन केन्द्रित रहेको विश्लेषण गरिएको छ ।
यसैबिच, संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्तामा गम्भीर गतिरोध देखिएको छ । तेहरानले सुरुमै रोक्का गरिएको अर्बौं डलर सम्पत्ति फुकुवा गर्नुपर्ने अडान राखेपछि वार्ता प्रभावित भएको बताइएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्टअनुसार इरानले सम्झौताको प्रारम्भिक चरणमै वित्तीय सम्पत्ति फुकुवा गर्नुपर्ने माग दोहोर्याएको छ, जसलाई वासिङ्टनले अस्वीकार गरेको छ ।
कूटनीतिक प्रयासलाई अगाडि बढाउन पछिल्लो समय तीव्र रूपमा ब्याक–च्यानल वार्ता भए पनि ठोस प्रगति हुन सकेको छैन । मध्यस्थकर्ताहरूले विवाद समाधानका लागि विभिन्न प्रस्ताव अघि सारे पनि दुवै पक्षले आफ्ना अडान नछाड्दा सहमति टाढिँदै गएको स्रोतहरूले जनाएका छन् ।
अमेरिकी अधिकारीहरूले स्पष्ट रूपमा इरानसँग प्रारम्भिक चरणमै वित्तीय रियायत नदिने अडान लिएका छन् । उनीहरूका अनुसार आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षा विषयमा ठोस प्रगति नभएसम्म कुनै पनि कोष फुकुवा गर्न सकिँदैन ।
यद्यपि राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । उनले सम्झौता अनिश्चित भए पनि संवाद जारी रहेको र केही विषयमा प्रगति हुन सक्ने सम्भावना रहेको बताएका छन् । ह्वाइट हाउसमा बोल्दै उनले इरानसँगको छलफल ‘धेरै राम्रो’ भएको टिप्पणी गर्नुभएको थियो । साथै उनले कुनै पनि सम्झौता निश्चित नभएको उल्लेख गर्दै ‘केही पनि हुन सक्छ’ भन्ने धारणा राखे ।
उनले इरानसँगको वार्ताबारे प्रतिक्रिया दिँदै परिस्थितिअनुसार सम्झौता छिट्टै हुन पनि सक्ने वा नहुन पनि सक्ने अवस्था रहेको जानकारी दिए । साथै उनले इरानसँग व्यवहार गर्दा परिस्थितिहरु अनपेक्षित रूपमा परिवर्तन हुन सक्ने बताए ।
यसै क्रममा सामुद्रिक सुरक्षा विषयमा पनि छलफल भएको उल्लेख गर्दै ट्रम्पले हर्मुज जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले इरानसँगको समझदारीपछि रणनीतिक जलमार्ग छिट्टै खुल्ने दाबी गरे ।
इरानको संवर्धित युरेनियम भण्डारबारे प्रतिक्रिया दिँदै उहाँले त्यसको व्यवस्थापनका लागि अमेरिका र चीनसँग मात्र आवश्यक क्षमता रहेको दाबी गरे । उनले उक्त सामग्री सुरक्षित रूपमा नियन्त्रणमा लिन चाहेको स्पष्ट पारे ।
यसैबिच अमेरिकी प्रतिनिधिसभाले इरानसँगको सैन्य कारबाही सीमित गर्ने उद्देश्यले डेमोक्रेट नेतृत्वको प्रस्ताव पारित गरेको छ । २१५-२०८ मतले पारित उक्त प्रस्तावले राष्ट्रपतिको सैन्य अधिकारलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्य राखेको बताइएको छ ।
रिपब्लिकन सांसदहरू मध्ये केहीले पक्षमा मतदान गरेपछि उक्त प्रस्ताव पारित भएको हो । यसलाई ट्रम्प प्रशासनको मध्यपूर्व नीति र युद्ध व्यवस्थापनप्रति संसद्भित्र बढ्दो बहसको संकेतका रूपमा हेरिएको छ ।
विश्लेषकहरूका अनुसार यस घटनाक्रमले वासिङ्टन र तेहरानबीचको सम्बन्ध अझै जटिल र संवेदनशील अवस्थामा रहेको देखाएको छ, जहाँ कुटनीति र सम्भावित सैन्य तनाव दुवै समानान्तर रूपमा अगाडि बढिरहेका छन् ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया