भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते
भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट ९आईसीयू० मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ ।
स्थानीय अग्निशमन विभागका अनुसार स्थानीय समय अनुसार बिहान करिब ३ः५५ मा आगलागी भएको हो । आगलागी हुँदा आईसीयू भित्र १३ जना बिरामी थिए ।
करिब २० जना बिरामीलाई अग्निशमन विभागका कर्मचारीहरूले उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
स्थानीय मिडिया रिपोर्टका अनुसार बिजुलीको सर्किटका सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया