भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिसँग मोदीको भेटवार्ता
भारत भ्रमणमा रहेकी भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रीगेज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । पाँच दिने भारत भ्रमणमा रहेकी रोड्रीगेज र मोदीको बिहीबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई नेताबीच व्यापक कुराकानी भएको प्रतिक्रिया दिएका छन् । ‘दुवै नेताले भारत–भेनेजुएला सम्बन्धका सबै क्षेत्रको समीक्षा गर्नुभयो,’ जयसवालले एक्समा लेखेका छन्, ‘ऊर्जा, व्यापार, लगानी, स्वास्थ्य सेवा र अटोमोबाइल्सहित कैयौं क्षेत्रमा सहयोग बढाउने नयाँ सम्भावनाको चर्चा गरियो ।’
यस्तै दुई देशको आपसी रुचि, क्षेत्रीय तथा वैश्विक मुद्दामा पनि विचार आदान–प्रदान भएको उनले लेखेका छन् । यस्तै ‘ग्लोबल साउथ’को हित र उन्नतिलाई अगाडि बढाउने विषयमा पनि दुई नेताले साझा संकल्प गरेको जयसवालले लेखेका छन् ।
भेनेजुएला विश्वकै दोस्रो ठूलो पेट्रोलियम पदार्थको भण्डारण भएको मुलुक मानिन्छ । त्यहाँका निवर्तमान राष्ट्रपति निकालस मादुरोलाई केही समयअघि अमेरिकाले राजधानी काराकसबाट अपहरण गरेको थियो ।
त्यसयता उपराष्ट्रपति रोड्रीगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेकी छन् ।
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
प्रतिक्रिया