सभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न !
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा देखिएको असामान्य परिस्थितिको छानबिन प्रशासनिक तहबाट नभई संसदीय समितिमार्फत हुनुपर्ने बताएका छन् ।
सोमबार मात्रै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका थिए ।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रतिनिधि सभा नियमावलीको पालना स्वयं सभामुखबाट नभएको तथा प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिई एकपक्षीय रूपमा सभा सञ्चालन गर्ने प्रयासका कारण समस्या उत्पन्न भएको बताए।
पोखरेलले सभामुखबाट भएको नियमावली उल्लङ्घन र प्रतिपक्षी दलहरूको उपेक्षाका कारण सिर्जित परिस्थितिलाई बेवास्ता गरेर सभामुखकै मातहतका कर्मचारीहरूबाट गरिने प्रशासनिक छानबिनले संसद्लाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बनाउन नसक्ने समेत बताए ।
उनले यस विषयमा सभामुख र प्रतिनिधि सभाको ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन्।
सभामुखले संसद्लाई मर्यादित र सफलतापूर्वक सञ्चालन गर्न सबै पक्षको विश्वास कायम राख्नुपर्नेमा जोड दिँदै पोखरेलले लेखेका छन्,‘अपमानित हुँदा सज्जन मानिस पनि क्रोधित हुन सक्छ।’
अस्ट्रेलियामा आप्रवासी श्रमिकमाथि चरम आर्थिक शोषण हुने गरेको खुलासा
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
प्रतिक्रिया