देशको नेतृत्व सेनाको हातमा गएको भन्दै इरानका राष्ट्रपतिले राजीनामा दिएको दाबी Barnanmedia
इरानका राष्ट्रपति मसुद पजेस्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीलाई आफ्नो राजीनामा पठाएका छन्।
इरान इन्टरनेसनलका अनुसार, पजेस्कियानले आफ्नो राजीनामापत्रमा देशको शक्ति अब पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डरको हातमा रहेको लेखेका छन्।
रिपोर्टमा भनिएको छ, ‘पजेस्कियानका अनुसार फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएदेखि उनको सरकारलाई प्रमुख निर्णयबाट वञ्चित गरिएको छ र वास्तविक नियन्त्रण सैन्य नेतृत्वमा सरेको छ।’
यद्यपि इरानी राष्ट्रपति कार्यालयमा सञ्चार तथा सूचना विभागका उपप्रमुख सैयद मेहदी तबताबाईले उक्त रिपोर्ट अस्वीकार गरेका छन्।
उनले एक्समा लेखेका छन्, राष्ट्रपति पजेस्कियान जनताको सेवा गर्नबाट पछि हट्ने छैनन्।
उनले रिपोर्टलाई अफवाह भनेका छन्।
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
नेपालले जित्यो ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ
फिलिपिन्स भूकम्प : कम्तीमा १५ जनाको मृत्यु
युक्रेन–रुसबिच फेरि आक्रमण
प्रतिक्रिया