अमेरिकामा १५० वर्ष पुरानो नियम फेरेर २५० डलरको नोटमा ट्रम्पको तस्बिर राख्ने तयारी
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्र भएको २५० डलरको नोट जारी गर्ने तयारी सुरु भएको छ।
ट्रम्प प्रशासनका अनुसार यदि कंग्रेस (संसद्) ले कानुन परिवर्तन गर्यो भने नयाँ नोट छाप्ने बाटो खुल्नेछ।
अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले भने, ‘अमेरिकामा हाल नोटमा जीवित व्यक्तिको तस्बिर छाप्न नपाइने नियम छ। यो नियम परिवर्तन गर्ने प्रयास भइरहेको छ।’
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार ह्वाइट हाउसको ब्रिफिङ ट्रम्पको तस्बिर भएको नोट छाप्न लागिएको जानकारी दिए।
यदि प्रस्ताव पारित भयो भने ट्रम्प १५० वर्ष भन्दा बढी समयपछि अमेरिकी नोटमा चित्रित हुने पहिलो जीवित व्यक्ति हुनेछन्।
वासिङगटन पोस्टको रिपोर्टअनुसार ट्रम्प प्रशासनले अमेरिकी मुद्रा छाप्ने एजेन्सी ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ (बीईपी) लाई नयाँ नोट डिजाइन गर्न निर्देशन दिएको छ।
प्रस्तावित डिजाइनमा नोटको बिचमा ट्रम्पको तस्बिर राखिएको छ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया