इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई आक्रमण, १९ जनाको मृत्यु
काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा भएको आक्रमणमा तीन बालबालिका र तीन महिलासहित १० जनाको ज्यान गएको हो ।
साथै नाबाटिएह र टायर जिल्लामा भएका अन्य आक्रमणमा थप नौ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
यो घटना अमेरिका मध्यस्थतामा इजरायल र लेबनानबीच ४५ दिनका लागि युद्धविराम थप गर्ने सहमति भएको एक साताभित्रै भएको हो । युद्धविराम भए पनि दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच बेला–बेलामा गोली हानाहान भइरहेको छ ।
इजरायलले आफ्नो आक्रमण हिजबुल्लाहलाई लक्षित गरेको दाबी गर्दै आएको छ । तर आक्रमणमा महिला, बालबालिकासहित सर्वसाधारण पनि प्रभावित भइरहेका छन् ।
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
प्रतिक्रिया