रुसी राष्ट्रपति पुटिन २५औँ पटक चीन पुगे, समकक्षी सी चिनफिङसँग भेट गर्दै
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार राति दुईदिने भ्रमणका लागि चीन पुगेका छन् ।
मंगलबार साँझ पुटिन अवतरण गर्दा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका थिए, जसमा धावनमार्गमा आयोजित स्वागत समारोहमा चीन र रूसको राष्ट्रिय झण्डा हल्लाउँदै गरेका चिनियाँ युवासँगै ‘गार्ड अफ अनर’ पनि समावेश थियो ।
पुटिनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गरेको साता नबित्दै पुटिन पनि भ्रमणमा पुगेका हुनु ।
चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच रुस–चीन सम्बन्ध, व्यापार, रणनीतिक सहकार्य तथा विश्वको वर्तमान भूराजनीतिक अवस्थाबारे विस्तृत छलफल हुनेछ । पुटिनले चीनका प्रधानमन्त्री ली कियाङसँग पनि भेट गर्न सक्ने बताइएको छ ।
चीन प्रस्थान गर्नुअघि जारी गरिएको भिडियो सन्देशमा पुटिनले रुस–चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको बताएका थिए । उनले दुई देशबीच आपसी विश्वास, समझदारी र समानतामा आधारित सहकार्य रहेको उल्लेख गरे ।
पुटिनले सार्वभौमसत्ता तथा राष्ट्रिय एकताजस्ता मुद्दामा दुवै देशले एकअर्कालाई समर्थन गर्दै आएको बताए । उनका अनुसार रुस र चीनले राजनीति, अर्थतन्त्र, ऊर्जालगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गरिरहेका छन् ।
विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमणलगत्तै पुटिनको बेइजिङ आगमनले चीनले अमेरिका र रुस दुवैसँगको सम्बन्ध सन्तुलित राख्ने प्रयास गरिरहेको संकेत गर्छ । विशेषगरी युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित तनाव जारी रहेका बेला चीनले आफूलाई प्रमुख कूटनीतिक शक्ति तथा मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्न खोजिरहेको आकलन गरिएको छ ।
विज्ञहरूका अनुसार चीनका लागि यो यस्तो अवसर हो, जहाँ उसले अमेरिका र रुस दुवैसँग समानान्तर संवाद कायम राख्दै आफ्नो विश्वव्यापी प्रभाव र भूमिकालाई थप मजबुत देखाउन सक्छ ।
रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हालसम्म ४० पटकभन्दा बढी भेटवार्ता भइसकेको छ । उनीहरूको सम्बन्ध विश्वकै सबैभन्दा बलियो राजनीतिक साझेदारीहरूमध्ये एक मानिने गरेको समाचारमा उल्लेख छ ।
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
कुम्हार समुदायको परम्परागत पेसा सङ्कटमा
मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू
प्रतिक्रिया