ट्रम्पको धम्कीपछि इरानी सेनाले भन्यो: पहिलेभन्दा अझ तम्तयार र बलियो भएका छौँ
इरानले आफ्नो सेना पहिलेभन्दा ‘अझ बढी तयार र बलियो’ भएको दाबी गरेको छ।
इरानको सरकारी समाचार एजेन्सीका अनुसार खातम अल-अन्बिया मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले उक्त दाबी गरेका हुन्।
उनले भनेका छन्, ‘इरानको सेना सधैँ तयार छ र शत्रुको कुनै पनि आक्रमणविरुद्ध सशक्त र ठुलो मात्रामा जवाफ दिनेछ।’
इरानी सेनाको यो चेतावनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) इरानमा आक्रमण गर्ने तयारी रहेको तर खाडी मुलुकको अनुरोधमा स्थगन गरिएको बताएपछि आएको हो।
साथै ट्रम्पले इरानसँग गम्भीर रूपमा कुराकानी भइरहेको र सहमति हुने अपेक्षा गरिएको बताउँदै स्वीकार्य सम्झौता भएन भने ‘ठुलो मात्रामा’ आक्रमण गरिने धम्कीसमेत दिएका छन्।
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
कुम्हार समुदायको परम्परागत पेसा सङ्कटमा
मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
प्रतिक्रिया