ट्रम्पको अल्टिमेटमपछि दबाबमा इयु
ट्रम्प प्रशासनले थप कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि अमेरिका–इयु व्यापार सम्झौता अन्तिम रूप दिन युरोपेली सङ्घमाथि दबाब बढेको छ ।
गत जुलाईमा अधिकांश युरोपेली वस्तुमा १५ प्रतिशत भन्सार शुल्क लगाउने सहमति भए पनि त्यसको कानुनी पाठमा अझै सहमति जुट्न सकेको छैन ।
ट्रम्पले जुलाई ४ भित्र सम्झौता कार्यान्वयन नभए युरोपेली कार तथा ट्रकमाथिको शुल्क २५ प्रतिशतसम्म पु¥याउन सकिने संकेत दिएका छन् ।
यही दबाबबीच इयुका सदस्य राष्ट्र, संसद् र वार्ताकारहरू स्ट्रासबर्गमा निर्णायक छलफलमा जुटेका छन् ।
युरोपेली संसद्भित्र सम्झौताबारे मतभेद कायम रहे पनि इपिपी र दक्षिणपन्थी समूहहरू तत्काल कार्यान्वयनको पक्षमा छन् ।
समाजवादी तथा हरित समूहहरूले भने युरोपेली उद्योग, कामदार र सुरक्षा संयन्त्रलाई प्राथमिकता दिनुपर्ने अडान राखेका छन् ।
अमेरिका र इयुबीच वार्षिक व्यापार करिब १९ खर्ब डलर बराबरको भएकाले दुवै पक्ष पूर्णव्यापार युद्ध टार्न चाहिरहेका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
प्रतिक्रिया