कतार, साउदी अरब र यूएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकियो : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार हुने भनिएको सैन्य आक्रमण रोकेको बताएका छन् ।
उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको मागअनुसार सैन्य आक्रमण रोकिएको उल्लेख गरेका छन् ।
‘मलाई अहिले गम्भीर वार्ता भइरहेको भन्दै कतारका अमीर तमीम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान अल सउद र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नहयानले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य हमला रोक्नुपर्यो भन्नुभयो,’ समाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले लेखेका छन् ।
नेताहरूको सम्मानका कारण रक्षामन्त्री पिट हेगसेथ, ज्वाइन्ट चिफ अफ स्टाफका चेयरम्यान जनरल डेनियल केन र अमेरिकी सेनालाई मंगलबार इरानमाथि आक्रमण रोक्न निर्देशन दिएको उनको भनाइ छ ।
‘तर, मैले उहाँहरूलाई स्वीकार्य सम्झौता नभए तुरुन्त इरानमाथि आक्रमण गर्नका लागि तयार रहनु पनि भनेको छु,’ राष्ट्रपति ट्रम्पले लेखेका छन् ।
आफ्नो लोकप्रियतामा गिरावट आइरहेका बेला ट्रम्पले इरानमाथि फेरि आक्रमणको तयारी गरेका थिए । सर्वेक्षणले युद्धका कारण अमेरिकी नागरिक खासै खुशी नभएको देखाएको छ ।
न्युयोर्क टाइम्स/सिएनाले सोमबार जारी गरेको सर्वेक्षणअनुसार झण्डै ६४ प्रतिशत मतदाताले इरानविरूद्ध युद्धमा जानु गलत फैसला भएको बताएका छन् । यो आंकडाले रिपब्लिकन पार्टीलाई मध्यावधि चुनावमा ठूलो चुनौतीको सामना गर्नुपर्ने सम्भावना देखाएको बीबीसीले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
प्रतिक्रिया